फिल्म ‘प्रेम गीत ३’को अहिले धमाधम छायांकन चलिरहेको छ। मनाङको चिसोमा फिल्मको छायांकन भइरहेको छ।
छायांकनरत फिल्मले फिल्मबा कलाकारहरुको क्यारेक्टर पोष्टर सार्वजनिक गर्दै आइरहेको छ। यस्तैमा टिमले फिल्मको मुख्य भूमिकामा प्रस्तुत भएका सुनिल थापाको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ।

फिल्मका निर्माता सन्तोष सेनका अनुसार फिल्ममा सुनिल थापा विल्कुलै फरक अवतारमा प्रस्तुत भएका छन्। राते काइलाको नामबाट परिचित उनलाई दर्शकले त्यस किसिमको अवतारमा देख्न पाउने छैनन्।
निर्माता सेन र छेतेन गुरुङको संयुक्त निर्देशन रहेको फिल्ममा सुनिलसँगै शिव श्रेष्ठ, प्रदीप खड्का, मनिष राउत, क्रिष्टिना गुरुङ, प्रेम पुरी, सन्तोष सेन, अनुभव रेग्मी लगयतको मुख्य भूमिका रहेको छ। फिल्मले चैत २८ लाई रिलिज मिति पक्का गरेको छ।
कल्याण सिंह र एलिश कार्कीको संगीत रहेको फिल्ममा राजेश श्रेष्ठको छायांकन, हिमाल केसीको एक्सन, कविराज गहतराजको कोरियोग्राफी र बनिश शाह/भुपेन्द्र अधिकारीको सम्पादन रहने छ।