अक्षय कुमार र करिना कपुर स्टारर बलिउड फिल्म ‘गुड न्युज’ले दुई दिनमा ३९ करोड माथिको व्यापार गरेको छ। रिलिजको पहिलो दिन अर्थात् शुक्रवार १७ करोड ५६ लाख कमाई गरेको यस फिल्मले शनिबार भने २१ करोड ७८ लाख माथिको कमाई गर्न सफल रह्यो।

फिल्म समिक्षात्मक रुपमा पनि सफल भएको छ। फिल्म हेरेका दर्शकले उत्कृष्ट भएको प्रतिकृया दिइरेहका छन्। समिक्षकहरुले पनि फिल्म निकै राम्रो बनेको समिक्षा गरेका छन्।
फिल्मको वर्ड अफ माउथ राम्रो भएका कारण व्यापार बढ्ने कुरामा निर्माण पक्ष विश्वस्त रहेको छ। फिल्मको विकेन्ड कमाई ६५ करोड पुग्ने अपेक्षा गरिएको छ।
राज मेहताको निर्देशनमा बनेको यस फिल्मले सन्तानको प्रतिक्षामा रहेका दुई परिवारको कथालाई भन्छ।