टिभी कपल्सको बन्ने र विग्रने सम्बन्धमा फेरी एक कपलको नाम जोडिएको छ । खबरका अनुसार विवियन दसेना र वाहबिज दोराबजीको सम्बन्ध अहिले राम्रो छैन । यहाँसम्मकी यि दुई अहिलेसँगै पनि रहँदैनन् । एक सुत्रका अनुसार केही दिन पहिला विवियन आफ्नो सामान लिएर अर्का ठाउँमा शिफ्ट भएका थिए । यि दुइको नजिकका एक साथीले यो बताएका छन् कि, दुईले आफ्नो चिन्ता हटाउनका लाग एकअर्कासँग ब्रेक लिने निर्णय गरेका छन् । यि दुईको भेट सीरियल प्यार की एक कहानीको सेटबाट भएको थियो । त्यसपछि यि दुई प्रेमसम्बन्धमा रहे र केही बर्षपछि विवाह पनि गरे । भारतीय मिडियाहरुले बताए अनुसार यि दुईको सम्बन्धमा तेस्रो कोही पनि व्यक्ति छैन । यि दुईले महशुस गरेका छन् कि उनीहरु एकअर्का निकै अलग छन् । वाहबिज पुणे को एक प्रभावशाली परिवारका छोरा हुन् भने विवियन उज्जेनकी हुन् । वाहबिज आउटगोइन्ग मान्ने गर्छन तर विवयन इन्ट्रोवर्ट हुन् । वाहबिजले यो कुराको इन्कार गरेकी छैनन् र भनेकी छन्, ‘यसको विषयमा कुरा गर्नु राम्रो होइन । सबै सम्बन्धमा दरार आइरहेकै हुन्छ ।’