कोरोना महामारीको समयमा सहयोगी मन भएका बिभिन्न कलाकारहरुले आफ्नु क्षेत्रका पीडितहरुलाई सहयोग उपलब्ध गराई रहेको अबस्थामा अब भने महानायक राजेश हमालले पनि चलचित्र प्राविधिकहरुलाई सहयोग प्रदान गर्ने भएका छन् । हमालले १०० जना प्राविधिकलाई ५ हजारका दरले पाँच लाख रुपैया हस्तान्तरण गर्ने भएका छन। अति नै दयनीय अवस्थामा रहेका चलचित्र प्राविधिकहरुलाई उचित सहयोग प्रदान गर्न हमालले गर्न लागेको सहयोगको रकम पाँच लाखबाट बढाउन चलचित्र प्राविधिक संघले आग्रह गरेको छ ।
चैत्र देखी भएको लकडाउनले चलचित्र क्षेत्र ठप्प छ । यस क्षेत्रमा काम गर्ने प्राविधिकहरुलाई ठुलै समस्या परेको छ । महानायक भएर पनि समस्यामा परेका प्राविधिकलाई सहयोग नगरेको भन्दै केही चलचित्रकर्मिहरुले असन्तुष्टी पनि जनाएका थिए जसको पछिल्लो उदाहरण दिपकश्री प्रकरण पनि एक हो । ढिलै भए पनि हमालले गर्ने सहयोगले सकारात्मक सन्देश दिने छ उता प्राविधिकले पनि केही राहतको अनुभुती गर्नेछन् । कोरोना महामारीका कारण नेपाली चलचित्र क्षेत्र पूर्ण रुपमा सुस्ताएको अवस्था संगै चलचित्र क्षेत्रका मजदुर वर्गलाई आर्थिक समस्यले पिरोलेको चार पाँच महिना बित्दै जादा अब भने कोभिड १९ का कारणले कलाकारहरुलाई पनि समस्या पर्न थालेको छ ।