मुम्बई । कोरोना महामारीका कारण गरिएको लकडाउनले गर्दा बलिउड फिल्म उद्योग पनि ६ महिना देखि ठप्प छ । विभिन्न देशले कोभिड-१९ विरुद्धको खोप तयार गर्दै गर्दा अहिले भने बलिउडमा फिल्म निर्माणका घोषणा गर्न थालिएको छ । हालै बाहुबली स्टार प्रभासको फिल्म ‘आदिपुरुष’ निर्माणको घोषणा गरिएको थियो।
यो फिल्मलाई एक पौराणिक फिल्म भनिएको छ । फिल्ममा रामायणको पनि एक हिस्सा हुनेछ । यतिबेला चर्चा चलेको छ कि, सैफ अली खानले यो फिल्ममा रावणको भूमिका निभाउनेछन् । रावणको भूमिका निभाउनका लागि सैफ अली खानलाई प्रस्ताव गरिएको छ । सैफले अहिलेसम्म कुनै प्रतिक्रिया नजनाएको भारतीय मिडियाले उल्लेख गरेका छन् । यसअघि सैफले फिल्म ‘तान्हाजी’ मा खलनायकको भूमिका निर्वाह गरेका थिए । उक्त फिल्मबाट उनले खुबै तारिफ पाएका थिए । ‘आदिपुरष’ मा प्रभाससँगै दीपिका पादुकोणको पनि अभिनय रहने जनाइएको छ । यो फिल्म तमिल, कन्नड र मलायालम भाषामा पनि रिलिज हुनेछ भने फिल्मलाई थ्रीडीमा समेत निर्माण गरिनेछ ।