बीबीसी । अमेरिकन पप गायिका ब्रिट्नी स्पियर्सले केही समय प्रस्तुति नदिने घोषणा गरेकी छन् । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफ्नो करियरमा बुवाको नियन्त्रण रहेसम्म कुनै पनि प्रस्तुति नदिने घोषणा गरेकी हुन् ।
ब्रिट्नीका बुवा जेमी स्पियर्सले सन् २००८ देखि उनको हरेक व्यक्तिगत, व्यवसायिक र आर्थिक कुरामा ‘कन्ट्रोल’ गरिरहेका छन् । उनीसँग छोरीमाथि संरक्षण (कन्जर्भेटरसिप) को कानुनी मान्यता पाएका हुन् ।
३९ वर्षिय गायिका लेख्छिन्, “यो कन्जर्भेटरसिपले मेरो सपना मारिरहेको छ ।
तर हालै ब्रिट्नीले बुवाको कन्र्जेभेटरसिपबाट छुटकारा पाउने माग गर्दै कानुनी उपचार खोजिरहेकी छन् । उनले बुवा जेमीले आफ्नो ओहदाको गलत प्रयोग गर्दा आफ्नो करियर र व्यक्तिगत जीवन खराब गरिरहेको आरोप लगाउँदै अदालतमा उजुरी दिएकी छन् ।
केही समय स्टेजमा प्रस्तुति नदिने भन्दै उनी लेख्छिन्, “मेरो बुबाले मेरो पहिरन, बोली, र सोचाइमा ह्यान्डल गरिरहेसम्म म यति चाँडै कुनै पनि स्टेजमा प्रस्तुति दिन्न ।” गायिका ब्रिट्नीले सन् २०१८ देखि स्टेजमा कुनै पनि प्रस्तुति दिएकी छैनन् ।
यद्यपि आफ्नै कोठाबाट लाइभ भिडियो पोस्ट गर्न तयार भएको तर पूरा मेकअप लगाएर स्टेजमा नजाने बताइन् । आफूले स्टेजमा मेहेनत गर्ने तर आफ्नो गीतहरूको आर्थिक सम्झौता गर्न नपाइने भएपछि प्रस्तुति पनि नगर्ने घोषणा गरेकी हुन् ।
यही बुधबार मात्रै उनले अदालतको अनुमतिमा आफ्नो लागि नयाँ वकिल ‘हायर’ गरेकी छिन् । उनीहरुको यस मुद्दाको अर्को सुनुवाई सेप्टेम्बर २९ मा लस एन्जलसमा हुँदैछ ।