पहिलो पटक नायक राजेश हमाललाई चलचित्र ‘शकुन्तला’ मा महिलाको अवतारमा प्रस्तुत गराएका निर्देशक दिनेश श्रेष्ठले अर्को नयाँ चलचित्रको तयारी थालेका छन् । उनका अनुसार अब उनैको निर्देशनमा ‘जासूस’ चलचित्र निर्माण हुँदैछ । चलचित्रका लेखक समेत आफै रहेका श्रेष्ठले हाल चलचित्रको स्क्रिप्ट लेखन कार्य सुरु भएको बताए । ‘शकुन्तला’ का निर्माता श्रीपा खत्री र महेश्वर खत्रीले चलचित्र जासूस निर्माण गर्ने छन् । खबरका अनुसार यो चलचित्रको छायाँकन यसै बर्षबाट सुरु हुनेछ भने २०७४ सालको सुरुवातमा प्रदर्शन हुनेछ । हाल स्क्रिप्ट लेखन कार्य सुरु भएका कारण चलचित्रका कलाकारहरु कथा तयार भएपछि मात्र छनौट गर्न सुरु रिने निर्देशक श्रेष्ठले जानकारी दिएका छन् । निर्देशक श्रेष्ठले निर्देशन गरेको चलचित्र शकुन्तला हाल दोस्रो हप्तामा चलिरहेको छ तर चलचित्रले सोचे अनुसार भने व्यापार गर्न सकेको छैन ।