नयाँ बन्ने नेपाली चलचित्रमा प्राय सधै नायिकाको खोजी भइरहन्छ तर निर्माणपक्षले आफ्नो चलचित्रका लागि नायिका शिलो खोज्नु पर्ने अबस्था छ । पुराना कलाकार भन्दा निर्माताहरु आफ्नो चलचित्रमा नयाँ नायिका भित्राउन चाहन्छन्, त्यसैले पनि हो नयाँ बन्ने अधिकांश नेपाली चलचित्रमा निर्माताहरुले नयाँ नायिकालाई भित्राइरहेका हुन्छन् । अहिले नेपाली चलचित्रमा बढी जसो नयाँ नायिकाको खोजी हुने गर्छ र खोजे अनुसारको नायिका नभेटिँदा केही चलचित्रको छायाँकन समेत प्रभावित भएका छन् । त्यस्तै, चाँडै फ्लोरमा जान लागेको चलचित्र हिटलरका लागि पनि नायिका चाहिएको छ । निर्देशक सौरभ ढकालले नायिकाको खोजी भैरहेकाले तत्काल छायांकनमा जान नसकिएको बताए । नायकको रुपमा भने सोहित मानन्धर पक्का भैसकेका छन् । निर्देशक ढकालले १९ देखि २४ बर्ष भित्रकी आर्यन लुक्सकी नायिकाको खोजी भैरहेको बताए । रोमान्टिक कमेडी कथामा बन्न लागेको यो चलचित्रको निर्माणमा अल्टरनेट मोसन पिक्चर्स र लोचन घिमिरे फिल्मस्ले सहकार्य गर्नेछन् । चलचित्रको छायांकन ए.आर पौडुवालले गर्दैछन् । चलचित्रमा कृष्ण के अच्छामीको कोरियोग्राफी रहने छ । चिनिमाया मानन्धर निर्माता रहने चलचित्रमा त्रिरत्न मानन्धर कार्यकारी निर्माता रहनेछन् । लोचन घिमिरे र सौरभ ढकाल चलचित्रको सह–निर्माता हुन् ।