आशुतोस फिल्म्स प्रोडक्सन प्रा.ली. र चन्द्रज्योती फिल्म्सको ब्यानरमा तयार भइरहेको चलचित्र ‘लेकसाइड’ को अहिले पोखरामा धमाधम छायाँकन भइरहेको छ । गएको हप्तादेखी छायाँकन सुरु भएको चलचित्र ‘लेकसाइड’ मा नायक जीवन लुइँटेल र नायिका नीता ढुंगानाको मुख्य भुमिका रहेको छ । चलचित्र ‘नोटबुक, भुलभूलैया’ र ‘धुन’ पछि जीवन र नीताले ‘लेकसाइड’ चलचत्रमा चौथौ पटक काम गरेका हुन् । राजु अधिकारीको निर्देशनमा नायक जीवन लुइटेल र नायिका निता ढुंगानाको रोमान्स रहेको चलचित्रमा संगीत पनि चन्द्रज्योती ढुंगानाकै रहेको छ ।
निर्देशक राजु अधिकारीका अनुसार चलचित्रको हालसम्म ५० प्रतिशत छायाँकन सकिसकेको छ । सुन्दर नगरि पोखराको पर्यटक स्थल ‘लेकसाइड’ मा सङ्गीतको खोजीमा दौडिने एउटा पात्रको रुपमा जीवन लुइटेल चलचित्रमा देखा पर्नेछन । जसको सपनामा विश्वास गरी साथ दिनेछिन नायिका निता ढुंगानाले । पोखराको पर्यटकिय स्थल लेकसाइडको सेरोफेरोलाई लिएर निर्माण भइरहेको यो चलचित्रलाई चन्द्रज्योती ढुंगाना र एण्जल ढुंगानाले निर्माण गरेका हुन् ।