‘जेम्स बोन्ड’ को भुमिका निर्वाह गरेर सर्वाधिक चर्चामा आएका ड्यानियल क्रेगले सन् २००५ देखि जासूसको भूमिकामा देखिएका छन् । क्रेगलाई पुनः दुई फिल्मका लागि १५० मिलियन डलर दिएर प्रस्ताव गरिएको खबर बाहिर आएको छ । करिब १५ अर्ब २० करोड रुपैयाँसहित प्रस्ताव गरिएका दुई नयाँ बोन्ड फिल्ममा अभिनय गर्ने वा नगर्ने भन्ने विषयमा भने अहिलेसम्म आफ्नो मुख खोलेका छैनन् ।