सन्जिब पराजुली र टिका प्रसाईको स्वरमा रहेको ‘मलाई तिमी मन पर्छ’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतको शब्द संगीत समेत गायिका टिका प्रसाईले तयार पारेकी हुन् । रोमान्टिक शैलीमा निर्माण भएको भिडियोलाई अस्ट्रेलियामा छायांकन गरिएको हो । जसमा रस्ना प्रधान र बिसाल भारतीले अभिनय गरेका छन् । प्रेम भाबको प्रस्तुत गर्दाको पललाई लिएर निर्माण गरिएको म्युजीक भिडीयोमा जिवन रसाइलीको छायांकन, सम्पादन र निर्देशन रहेको छ ।