चलचित्रको पर्दामा निकै जमेको जोडी आर्यन सिग्देल र नम्रता श्रेष्ठले अभिनय गरेको सर्ट फिल्म ‘होक्से’ सार्वजनिक भएको छ । पैसाको लागि किड्नी बेच्ने गाउँको सत्य कथामा आधारित सर्ट फिल्म ‘होक्से’ मा आर्यन सिग्देलले नम्रतालाई पढाउनका लागि आफ्नै किड्नी बेचेको निकै दर्दनाक कथा समाबेश छ । ‘होक्से’ मा आर्यन र नम्रतासँगै पत्रकार प्रेम बाँनियाको पनि विशेष भुमिका रहेको छ । प्रसन्न पौडेलले निर्देशन गरेको फिल्मको कथा विम्ब अधिकारीले लेखेका हुन् । क्रिस रिजाल निर्माता रहेको फिल्मका पोस्टर शान थापाले तयार पारेका हुन् । विदुर पाण्डेको छायांकन रहेको सर्ट फिल्ममा प्रकाश तुलाधरको सम्पादन रहेको छ ।