पप गायिका ब्रिट्नी स्पियर्सले लस भेगसस्थित आफ्नो घर बेच्न चाहेको लामो समय भइसकेको छ । तर, अझै उनको घर बिक्री हुन सकेको छैन । घरको मूल्य अत्यन्त धेरै राखेकाले यसको बिक्री नभएको अनुमान गर्नेहरू धेरै छन् । तर, ब्रिट्नीले यसअघि बारम्बार आफूले घरको मूल्यमा कुनै सम्झौता नगर्ने बताउादै आएकी छिन् । ब्रिट्नीले यो घरको मूल्य झन्डै ८५ करोड राखेकी छिन् । तर, उनले घर बिक्री नभए पनि आफूलाई कुनै टेन्सन नभएको बताउादै आएकी छिन् । त्यसो त पछिल्लो समय घर बिक्रीमा राखे पनि बिक्री नहुँदा ब्रिट्नी मात्र होइन, अरू झन्डै एक दर्जन कलाकारले पनि यही पीडा भोगिरहेका छन् ।