पछिल्लो समय नेपाली गीतहरु बलीउडका धेरै गायक गायिकाहरुले गाइसकेका छन् । त्यही क्रममा हालै एक नेपाली चलचित्रको गीतमा “साडी के पल सा..” फेम गायक नकाश अजीजले एउटा गीत गाएका छन् । कार्तिक १२ गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको चलचित्र ‘उमंग’ का लागि नकाश अजीजले ‘जे नि बन्न सक्छु म..’ बोलको गीत गाएका छन् । उनको आवाजमा ‘जे नि बन्न सक्छु म..’ बोलको गीत निकै जमेका छन् ।
उनले स्पष्ट तरिकाले नेपाली शब्द उचारण गरेर उक्त गीत गाएका छन, जसले उनी हिन्दी नभएर नेपाली नै गायक हुन भन्ने महशुस हुन्छ । गीतको आवाज, शब्द र संगीतले जो कोहीलाई नाचुँनाचुँ लाग्न सक्छ । अर्जुन पोख्रेलको शब्द र संगीत रहेको यो गीतलाई भिडियो बिना नै यु ट्युबमा रिलिज गरिएको छ । हास्य कलाकार शिव शर्माद्वारा निर्देशित चलचित्र ‘उमंग’ मा बिनिता र कुमार बिसीको मुख्य भुमिका रहेको छ । यो चलचित्रमा बैदेशिक भूमिमा नेपाली युवाले गरेको संघर्ष र पाएको दुखलाई देखाइएको छ । चलचित्रलाई रबिन्द्र बरालले छायांकन, अर्जुन जी.सी.ले सम्पादन गरेका छन् । चलचित्रमा विनिता बराल बराल दुबईकी एक मुस्लिम युवतीको भुमिकामा देखिएकी छिन्, जसको नेपाली युवकसँग प्रेम बस्छ ।