तेलेगु फिल्म स्टार एनटिआर जुनियरको यसै महिनाको पहिलो तारिखमा रिलिज भएको ‘जनता ग्यारेज’ फिल्म सर्वाधिक छिटो सय करोड भारू कमाउने दोस्रो तेलेगु फिल्म बनेको छ। कोरताला सिभाको निर्देशनमा ५० करोड भारूको बजेटमा तयार भएको फिल्मले रिलिजको पहिलो सातामा नै उक्त आँकडा पार गरेपछि सो कीर्तिमान आफ्नो पक्षमा पार्न सफल भएको हो। फिल्ममा एनटिआरका अलावा समान्था रूथ प्रभु, नित्या मेनन तथा मोहन लालको मूख्य भूमिका रहेको छ।