दशैंलाई लक्षित गरेर कार्तिक २१ गतेलाई प्रदर्शन मिति फाइनल गरिएको नायक निखिल उप्रेती अभिनित चलचित्र ‘किङ्ग’ को प्रदर्शन मिति पर सारिएको छ । चलचित्रका निर्माता जयन श्रेष्ठले दिएको जानकारी अनुसार प्राविधिक कारणले गर्दा कार्तिक २१ गते फिल्म रिलिज गर्न नसकिएको हो । उनले चाँडै चलचित्रको नयाँ रिलिज मिति फाइनल गर्ने पनि बताएका छन् । किङ्गले आफ्नो प्रदर्शन मिति पर सारिदिँदा सोही मितिमा प्रदर्शनमा आउन लागेको चलचित्र ‘किस्मत २’ लाई भने चिठ्ठा परेको छ । अब कार्तिक २१ गते ‘किस्मत २’ सोलो रिलिजमा उत्रिनेछ ।
जगन श्रेष्ठको प्रस्तुतीमा तयार ‘किङ’ लाई सबिर श्रेष्ठले निर्देशन गरेका हुन् । फिल्ममा निखिलसँगै अनुपबिक्रम शाही, वेनिशा हमाल, प्रज्वलसुजल गिरी, रुपा राना र प्रस्तुतकर्ता जगन श्रेष्ठ लिड अभिनयमा छन् । फिल्मका निर्माता जयन श्रेष्ठ हुन् । करोड बढि बजेटको फिल्मको केहि दिनमा नै टिजर सार्वजनिक गर्ने तयारीमा निर्माण टिम छ । रामजी लामिछानेको नृत्य समावेश फिल्ममा वसन्त सापकोटा, सुजेन्द्र डि कार्की सँगै र दिनेश शोनामको संगीत छ । फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व छ भने क्यामेरा सञ्जय लामाले चलाएका छन् ।