नायक राजेश हमाल एनएमबी बैंकको ब्राण्ड एम्बेसडरमा नियूक्त भएका छन् । अब राजेशसहित बैंकका कर्मचारीले जनताको घरमै गएर बैंक खाता खोलिदिनेछन् । उनीहरुले जनताको घरमा गएर आफैले फोटो खिचेर बैंक खाता खोलिदिने बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेलले बताए । बैंकले आफ्ना शाखा भएका सबै जिल्लाहरुमा यो अभियान संचालन गर्ने बताएको छ । हालै एनएमबी बैंकले ‘एकघर, एकखाता’ योजना सार्वजनिक गरेको छ । जुन योजनाअनुसार देशैभर वित्तीय साक्षरता सहितको अभियान चलाइने छ । सो बैंकले आफ्ना शाखा रहेका जिल्लाहरुमा वित्तीय साक्षरता सहित सर्बसाधारणलाई बैंक खाता खोल्नमा सहजीकरण गर्ने छ । बैंकले उक्त योजनलाई साउनमै कार्यान्वयनमा ल्याएको थियो । तर, आगामी दिनमा यसलाई देशभर बृहत रुपमा लैजाने लक्ष्यका साथ हमाललाई ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको बैंकले जानकारी दिएको छ ।