करनवीर बोहरा चाँडै ‘नागिन २’ मा मुख्य भुमिका निर्वाह गर्दैछन् । यसलाई लिएर अहिले करनवीर निकै खुसी छन् । योसँगै अब उनीसँग सेलिब्रेशन गर्ने अर्को पनि सुखद खबर बाहिर आएको छ । खुसीको खबर यो हो कि करनवीर चाँडै पिता बन्दैछन् । उनकी पत्नीब टीजे सिद्धू प्रेग्नेन्ट छिन् र उनी नोभेम्बरमा बच्चालाई जन्मदिदैछिन् । करनवीर अहिले यति धेरै उत्साहित छन् कि उनले हालै टीजेसँग एक फोटो इन्स्टाैग्राममा शेयर गरेका छन् । यसमा टीजे बेबी बंपको साथमा देखिएकी थिइन । करनवीरले लेखेका छन्, ‘यो पहिलो फोटो हो जसमा टीजेको बेबी बंपसँग पोष्ट गर्दैछु । जसरी समय नजिक-नजिक आउँदैछ मेरो दिलको धड्कन बढ्दै गएको छ । मलाई थाहा छैन म कसरी पिताको भुमिका निर्वाह गर्नेछु । मलाई बच्चा यस कारण चाहिएको थियो कि म बच्चालाई निकै माया गर्छु ।’ टीजेले पनि इन्स्टााग्राममा बेबी बंपको साग फोटो शेयर गरेकी थिइन ।