बलिउड अभिनेता सुशान्त सिंहले सानो पर्दाबाट ठूलो पर्दामा इन्ट्री गरेको लामो समय भएको छैन । तर, यसबीचमा उनी निर्देशकको रोजाइमा पर्न थालिसकेका छन् । यस्तो किन पनि होला भने सुशान्त धेरै विवादमा आउन चाहँदैनन् । तर पछिल्लो समय उनले चार अभिनेत्रीको तुलना गरेका छन् । र, आफ्नो रोजाइ सार्वजनिक गरेका छन् । उनले अभिनेत्री दीपिका पादुकोण र प्रियंका चोपडामध्ये प्रियंका ठीक भएको बताएका छन् । तर, आफ्नो रोजाइको आधार भने सार्वजनिक गरेका छैनन् । प्रियंकाले पछिल्लो समय अन्तर्राष्ट्रिय जगत्मा पाएको सफलताका कारण सुशान्तले उनलाई रोजेको हुन सक्ने अनुमान छ । त्यस्तै, सुशान्तले अभिनेत्रीद्वय क्याटरिना र कंगना रनौटबीच क्याटरिनालाई रोजेका छन् । उनले भनेका छन्, ‘क्याटरिना कंगनाभन्दा हट छिन् ।’