कुनै समयकी व्यस्त बलीउड नायिका मनिषा कोइरालासँग सामाजिक संजाल ट्विटरमा जोडिनु भएको छ भने उनका घुमघामका तस्विरहरु अहिले प्रयाप्त भेट्नु हुनेछ । धेरै शुभचिन्तकहरुले मनिषा के गरिरहेकी छिन भनेर जिज्ञासा राखिरहेको भए उनी यतिबेला प्राकृतिक हराभरा भएका स्थानहरुमा घुमघाममा व्यस्त देखिन्छिन् । घुमघाम र सामाजिक सेवामा उनको दिनचर्या वित्ने गरेको छ ।
बलीउड फिल्मकी क्वीन भनेर चिनिले मनिषा क्यान्सर रोगलाई जितेपछि यतिबेला विभिन्न स्थानहरुमा घुमेर समय विताइरहेकी छिन् । सम्राट उपाध्ययसँग लगनगाँठो कसेकी उनले डिभोर्स भएपछि स्वस्थ र फूर्तिली रहन घुमघाममा समय विताउन रुचाउँछिन । त्यसबाहेक उनी महिला अधिकार सम्बन्धी संघसंस्थामा आबद्ध रहेर सामाजिक सेवामा छिन् । भूकम्प प्रभावितहरुलाई उनले विभिन्न किसिमका सहयोगहरु पनि जुटाइरहेकी छिन् ।
नयाँ जीवन पाएर खुसी उनी साउथ फिल्ममा पनि व्यस्त भएकी छिन् । केही दिन अगाडी मात्र उनले एक भारतीय अनलाइनलाई अन्तर्वार्ता दिने क्रममा आफु दोस्रो विवाह गर्न तयार रहेको बताएकी थिइन । उनले बलीउडमा कमब्याक गरेको बलीउड फिल्म ‘मौली’ प्रदर्शनको तयारीमा रहेको छ । फिल्म ‘मौली’मा उनी बिहारी मुस्लिम महिलाको भुमिका निभाउँदै गरेको देख्न सकिन्छ । उनले फिल्म ‘मौली’ मा आफ्नो भुमिका दमदार रहेको बताएकी छिन् ।