नायिका प्रियंका कार्की अहिलेकी चल्तीकी नायिका हुन् । उनलाई आफ्नो चलचित्रमा खेलाउनका लागि अहिले नेपाली निर्माता निर्माता बिच राम्रै जुहारी चल्ने गर्छ । एकपछि अर्को गर्दै लगातार आफु अभिनित चलचित्रहरु सफल हुँदै गएपछि अहिले उनको सफलता नेपालका अन्य अभिनेत्रीहरु भन्दा अली बढी नै छ । सय बढी म्युजिक भिडियो र दर्जन बढी फिल्ममा अभिनय गरिसकेकी नायिका प्रियंका फिल्म मार्केटकी आशलाग्दी नायिका हुन् । उनी आफ्नो भविष्य नेपाली चलचित्रक्षेत्रमा राम्रो रहेको बताएकी छिन् । एक अन्तर्वार्ताको क्रममा उनले जसले पनि चलचित्र बनाउने गरेकाले राम्रा चलचित्र छायाँमा परेको गुनासो गरेकी छन् । ‘डाक्टर बन्न, पाइलट बन्न या अन्य कुनै पनि पेशामा सहभागी हुन निश्चित क्राइटेरिया पूरा गर्नुपर्छ भने फिल्ममा किन मापदण्ड नबनाउने ?’ प्रियंका भन्छिन्, ‘फिल्म बनाउनका लागि पनि निश्चित योग्यता तोक्नुपर्छ ।’ हाल सिंगल रहेकी प्रियंका खासमा विवाहित यूवती हुन् । केही समयको बैबाहिक सम्बन्धपछि उनले डिभोर्स गरेकी थिइन् । त्यसपछि अहिलेसम्म मनले खाएको तन्नेरी नभेटेका कारण विवाह नगरेको पनि अन्तर्वार्ताको क्रममा उनले खुलाइन । हाल सिंगल रहेपनि उनलाई बच्चाको चाहना भने छ । आफ्नै उमेरका कति साथीहरुको काखमा घोर्ले छोराछोरी लिएर हिंडेको देख्दा प्रियंकालाई भित्रभित्रै डाहा लाग्छ रे ! उनी भन्छिन्,‘मेरो पनि यस्तै भैदिए कति रमाइलो हुन्थ्यो होला भन्ने मनमा आउँछ ।’ अहिलेसम्म हितैषीका छोराछोरी सुम्सुम्याएरै चित्त बुझाएकी छिन् ।