अभिनय कौशल र सुन्दरताका कारण धेरैको मनमा बस्न सफल नेपाली नायिकाहरु थुप्रै छन् । प्रेम सम्बन्ध र विवाह भएपनि कतिपय अहिले पनि एक्लो जीवन बिताईरहेका छन् । कतिपय सुन्दरीहरुले चाहिँ प्रेम सम्बन्धको बारेमा समेत कसैलाई सुईँकोसम्म नदिएरै एक्लो जीवन बिताईरहेका छन् ।
नन्दीता केसी
नन्दीता केसीले नेपाली सिनेमा उद्योगमा आफ्नो नाम स्थापीत गरिसकेकी छिन् । उनी एक सफल अभिनेत्री हुन् । लोग्ने मान्छे, बाटो मुनिको फूल, पराई उनका चलेका सिनेमा हुन् । दर्जनौ गीतहरुमा मोडलिङ गरेकी नन्दीताको अभिनय र रुपलाई सबैले मन पराएका छन् । हालसम्म बिहे नभएकी नन्दीताको प्रेमका बारेमा पनि खासै चर्चा सुनिदैन । केही बर्ष अगाडी नायक बाबु बोगटीसँग उनको अफयेरको हल्ला चलेको थियो । उनले कहिले विवाह गर्छिन् त्योबारे पनि केहि बोलेकी छैनन् । उनी नेपालकी सफल अविवाहित अभिनेत्री हुन् । अहिले उनी अमेरिकामा नै रहँदै आइरहेकी छिन् ।
निशा अधिकारी
निशा अधिकारीको हातमा अहिले लगातार दुई चलचित्र छन् । पढेकी र बुझेकी नेपाली नायिकाको परिचय बनाएकी निशा अहिलेसम्म अविवाहित हुन् । उनी अमेरिका जानु अघि क्रिकेटर सरद भेष्वाकरसँग प्रेम सम्बन्ध रहेको चर्चा थियो । त्यसपछि भेष्वाकरसँगको प्रेमसम्बन्ध छुटेको हल्ला पनि चलेका थिए । तर यसबारेमा उनीहरुले भने मुख खोलेका छैनन् ।
नम्रता श्रेष्ठ
नम्रता नेपालका सुन्दर र सफल नायिकाहरु मध्येकी एक हुन् । गएको बर्ष उनले अभिनय गरेको चलचित्र क्लासिक प्रदर्शनमा आएको थियो । चलचित्र क्लासिकबाट नै उनले यो बर्ष लगातार उत्कृष्ट अभिनेत्रीको अवार्ड थापिरहेकी छिन् । उक्त फिल्ममा दर्शकले आर्यन र नम्रताको जोडिलाई पनि मन पराएका थिए । उनको प्रेम सम्बन्धको बारेमा पनि धेरै कुराहरु बाहिर आएपनि उनी अहिलेसम्म अविवाहित हुन् ।
रेखा थापा
नायिका रेखा थापा पनि अहिले एक्लै छिन् । निर्माता छवि ओझासँग बिहे गरेर अहिले उनीहरु छुट्टीएर बसेका छन् । नेपाली चलचित्र क्षेत्रमा उनले अभिनय गरेका अधिकाश चलचित्रले सफलता पाउने गरेका छन् । उनको पनि प्रेमसम्बन्धका बारेमा विभिन्न कुराहरु बाहिर आउने गरेता पनि उनी अहिले एक्लै छिन् ।
प्रियंका कार्की
कम्प्युटर ईन्जीनियर रोचक मैनालीसँग बिहे गरेको केहि बर्षमै डिभोर्स गरेकी प्रियंका अहिले एक्लो जीवन बिताईरहेकी छिन् । पछिल्लो समय उनको माग नेपाली चलचित्र उद्योगमा बढ्दो छ । उनले फेरी बिवाह गर्ने वा नगर्ने मुख खोलीसकेकी छैनन् । तर, पूर्व पतिसँग पनि कुराकानी हुने गरेको एक अन्र्तवार्ताका क्रममा खुलासा गरेकी छिन् ।
सुष्मा कार्की
निकै चर्चामा आईरहने नायिका सुष्मा कार्की पनि अविवाहित हुन् । उनको प्रेम सम्बन्धका बारेमा थुप्रै कुराहरु भएपनि अहिलेसम्म उनी विवाह बन्धनमा बाँधिएकी छैनन् । उध्रेको चोली र बिन्दासबाट नेपाली चलचित्र क्षेत्रमा चम्केकी नायिका सुष्मा कार्कीको चर्चा अहिले भने सेलाउँदै गएको छ ।
ऋचा शर्मा
नायिका ऋचा शर्मा पनि अविवाहित हुन् । केहि वर्ष अघि विनय श्रेष्ठसँग प्रेम सम्बन्ध रहेको चर्चा चलेपनि उनीहरु अहिले छुट्टीसकेका छन् । थुप्रै म्युजिक भिडियोसँगै उनले फस्ट लभ, मेरो लभ स्टोरी, लुट, हाई वे, टलकजंग भर्सेज टुल्केलगायतका चलचित्रमा अभिनय गरेकी छिन् ।
निता ढुङगाना
सिनेमा नोटबुकबाट चर्चामा आएकी अभिनेत्री नितालाई पनि एक पछि अर्को सफल र चर्चित सिनेमा नै हात लागेका छन् । उनको अभिनयलाई सबैले मन पराएका छन् । निता उमेरले भने पनि अलि काचै छिन् सायद यहि कारण उनले आफ्नो विहेको बारेमा सोचेकी छैनन् । गएको बर्षसम्म नायक आमेश भण्डारीसँगको प्रेममा रहेकी निता अहिले भने एक्दै छिन् । खबरका अनुसार आमेश र निताको ब्रेकअप भइसकेको छ ।
उषा पौडेल
उषा पौडेल पनि एकताका नेपाली चलचित्र क्षेत्रमा छाएकी नायिका हुन् । नेपालमा थुप्रै चलचित्रमा अभिनय गरेकी उषा भारत पुगेकी थिईन । उनले त्यहाँ टेलिफिल्ममा समेत अभिनय गरेकी थिईन । उनी अहिलेसम्म अविवाहित नै छिन् । हाल उषा अमेरिकामा बस्दै आइरहेकी छिन् । भारतमा रहँदा उनको अफयेर एक बलीउड अभिनेतासँग रहेको खबर पनि बाहिर आएको थियो ।