आफुले लगाएको पहिरनको कारण चर्चा र विवादमा आईरहने हलीउड मोडल केली जेनरलाई एक अचम्मको डर छ । त्यो हो, आफ्नो पातलो र सानो ओठका कारण उनलाई केटाहरुले चुम्बन गर्दैनन् भन्ने डर छ । एक म्यागजिनका लागि टपलेस फोटो खिचाउँदै केलीले यस्तो डर व्यक्त गरेकी हुन् । आफ्नो स्कुले जीवन संझदै केलीले भनिन्,‘ए केटाले मलाई चुम्बन गरिसकेपछि भन्यो कि, तिम्रो ओठ साह्रै सानो छ तर तिमी राम्रो किसर हौ । मलाई लाग्दैन कि तिमी चुम्बनको मामालामा पछि गएर सफल हुन्छ्यौ ।’ उनले यस्तो असुरक्षा आफ्नो जीवनभर रहने बताइन् । ‘मलाई त्यसपछि लाग्न थाल्यो कि, कोही पनि मलाई किस गर्न चाँदैनन्’, केलीले भनिन् ।