यो सुनेर तपाई सबै हैरान बन्नु भएको होला, नायक निखिल उप्रेतीले पनि यस्तो भन्न सक्छन् भनेर तर निखिलले यो कुरा रियलमै भनेका हुन् । यो संबाद कुनै चलचित्रको दृश्यमा नायक निखिलले भनेका होइनन् । ४ बर्षपछि ‘भैरव’ चलचित्र निर्माण, निर्देशन र अभिनय गरेर कमब्याक गरेका नायक उप्रेतीले नयाँ चलचित्र ‘रुद्र’ को निर्माण घोषणा कार्यक्रममा यस्तो भनेका हुन् । पत्रकारले चलचित्र ‘रुद्र’ अर्गानक फिल्म हो ?’ भन्ने प्रश्नमा निखिलले भने -‘अर्गानिक फिल्म कस्तो चलचित्रलाई भन्ने विषयमा म नै कन्फियूज छु । मेरो विचारमा पोर्न फिल्म मात्र अर्गानिक छ । किनकी त्यसमा आर्टिफिसियल केही पनि हुँदैन । लगाउनु पर्ने वस्त्र पनि हुँदैन । नभए सबै फिल्महरु आर्टिफिसियल हुन् । म मेरो फिल्मलाई अर्गानिक भनेर तारिफ गर्न चाहन्न् मेरो फिल्म ‘रुद्र’ आर्टिफिसियल फिल्म हो ।’ उनले पत्रकारले सोधेको प्रश्नको यस्तो उत्तर दिएपछि कार्यक्रम आयोजना गरिएको हल ताली र हाँसोले गुन्जिएको थियो । केही दिन अगाडी मात्र चलचित्र ‘राधे’ को छायाँकन सकाएका नायक निखिल उप्रेतीले चलचित्र ‘रुद्र’ आफ्नै लगानीमा निर्माण गर्न लागेका हुन् भने उनको यो चलचित्रमा मुख्य भुमिका पनि रहेको छ ।