सेलिब्रिटीहरु सामाजिक सञ्जालमा मजाकको पात्र बन्नु, आलोचना हुनु, एउटाको तस्बिरमा सेलिब्रिटीको टाउको जोड्नु, उनीहरुको विषयमा विभिन्न अश्लिल जोक्सहरु बनाएर खिल्ली उडाउनु अनौठो होइन । दर्शकहरुको नजरमा पर्न थालेपछि सेलिब्रिटीहरुले यस्ता कुराहरुको सामना गरिरहनु नै परेको देख्न सकिन्छ । अहिले यस्तै मजाकको पात्र बनेका छन् ‘चपली हाईट २’ का नायक आयुष्मान देशराज श्रेष्ठ । ‘चपली हाईट २’ चलचित्रमा काम गरेपछि अहिले उनको चर्चा नेपाली सिनेवृतमा राम्रै छ । उनलाई आमा तथा बैंकर रविना देशराज श्रेष्ठको कारण यो स्थान मिलेको हो भन्दै सामाजिक सञ्जालमा मजाक उडाउन थालेपछि आयुष्मानले फेसबुकमा एक स्टाटस पोष्ट गर्दै आलोचना गर्नेको मुख बन्द गर्ने काम गरेका छन् ।
उनले फेसबुकमा लेखेको स्टाटस यस्तो छ :-
‘अहिले सम्म मैले जेजे गरेको छु आफ्नै खुट्टामा उभिन सकुँ भनेर गरेको हो । आफुले गरेका कामले नै आफुलाई चिनाउन सकुँ भन्ने उदेश्य बोकेर आएको छु । तर पनि, आफ्नै आमा बुवाले त्येही उदेश्य हासिल गर्न सकोस् भनेर सहयोग गर्दैमा के चाही गलत रहेछ मैले चाही बुझ्न सकिन ?
यही तालले जिस्काएर को चाही कसले गर्दा बनेको हो भनेर होच्याउने, एकलाई अर्कोसंग तुलना गर्ने नै हो भने, कसैले केहि नगरे भैहाल्यो नि ।
मलाई रिस छैन तर म निराश छु, जुन हिसाबले एस प्रजननका मान्छेहरुको सोचाई छ, जुन तरिकाले सबैका खुट्टा तान्न र अरुलाई निच देखाउन सिपालु छन् । यो सब्बै देखेरे मलाई आफ्नै दाजु बहिनी, भाई दिदी हो भन्न पनि सारै खिन्न लाग्छ ।
फेरी पनि, प्रगति देख्न नै चाहनु भएकाहरुले के चाही बुझ्नु पर्यो भने, तुलना गरेर, जिस्काएर, अरुको आत्मविश्वास नै टुक्राउन खोजेर आउने हैन, बरु काम अनुसारको सहि गलत देखाएर, बुझाएर र अगाडी बढ्न हौसला देखाएर आउने हो ।
नेपाल किन चाही अरु देशहरु भन्दा पिछाडी परेको छ भनेर सोच्नु हुन्छ नि, प्रायः नेपालीको सोचाई नै पिछाडी परेको हुनाले हो । सोचाई बदलिने चाही कहिले ?’