बलीउड अभिनेत्री शिल्पा शुट्टीको बुबा सुरेन्द्र शेट्टीको यही अक्टोबर ११ तारिखको दिन निधन भएको थियो । निधन भएको चौथो दिनमा हुने विषेश कार्यक्रममा अमिताभ बच्चन, ऐश्वर्या राय, जया बच्चन, अभिनेता अक्षय कुमार समेत गरि कयौं भारतीय चलचित्रका कलाकारहरुको उपस्थिती रहेको थियो ।
चौथो दिन मृत्युपछिको संस्कार सकि आफुले गरेको कमिटमेन्ट अनुसार शिल्पा शेट्टी सुटिंग सेटमा फर्किएकी हुन् । बुबाको निधनको पाँचौ दिनमै उनले टिभी शो सुपर डान्सर्सका लागि स्पेशल एपिसोडको शुटिंग गरेकी थिइन । जसमा भारतीय योगगुरु रामदेव बाबालार्य पनि देख्न सकिन्थ्यो । उक्त सुपर डान्सर्सका निर्णायक र सहभागीहरुलाई योगा सिकाएर थप मनोरञ्जन समेत गराएका थिए ।