कुनै बेलाकी चलेकी नायिका उषा पौडेललाई दर्शकले नेपाली चलचित्रमा नदेखेकॊ धेरै बर्ष भइसक्यो । नेपाली चलचित्रमा आफ्नो करियर ढल्कदै गएपछि उनी भारतीय टिभी सिरियलमा पनि देखिइन तर उनलाई त्यसबाट खासै सफलता मिलेन ।
केही बर्षदेखी अमेरिकामा रहँदै आएकी अभिनेत्री उषा पौडेल अब भने रियल लाइफमै बेहुली बन्ने भएकी छिन् । प्राप्त खबर अनुसार उषाले अभिनेता सुधांशु जोशीसँग लगानगाँठो कस्न लागेकी हुन् । यो जोडीको विवाहको मिति पनि फाइनल भएको छ । केही हप्ता अगाडी ईन्गेन्जमेन्ट गरिसकेका उषा र सुधांशुको विवाह मिति भने मंसीर ९ गतेलाई तय गरिएको छ । तपाईहरुलाई एउटा कुराको जानकारी दिउँ कि सुधांशु विवाहित पुरुष हुन् । विवाह गरेको केही बर्षमा नै उनले आफ्नी पहिली श्रीमतीलाई डिभोर्स दिएका थिए । अहिले सुधांशु र उषा अमेरिकामा नै छन् । उनीहरुको विवाह नेपालमा नै हुन्छ वा अमेरिकामा त्यो भने चाहिँ खुलाइएको छैन ।