सेक्स स्क्यान्डलमा परेकी नायिका श्वेता बासु पुन चलचित्रमा देखिने भएकी छिन् । निर्माता करण जोहरले बासुलाई आफ्नो आगामी चलचित्रका लागि अनुबन्ध गरेका हुन् ।
जोहरको उक्त चलचित्रमा बरुण धवन र आलिया भट्टपनि बासुसँगै देखिने भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।
सन् २००२ मा शबाना आजमीको ‘मकडी’ फिल्मबाट सर्वश्रेष्ठ बाल कलाकार राष्ट्रिय पुरस्कार पाएकी बासु केहि तलेगु फिल्म र टिभी सिरियल कहानी घर घर की, करिश्मा का करिश्मा जस्ता अन्य टेलीसिरियलमा समेत काम गरिसकेकी छिन् ।
उनी सन् २०१४ मा हैदरबादको बंजरा हिल्स्मा भएको एक सेक्स स्क्याण्डलमा मुछिएकी थिइन् । तर हैदरबाद शेसन कोर्टले श्वेतालाई यस मुद्धामा सफाई दिइसकेको छ ।