वेबदुनियाले गरेको एक सर्भेमा सबैभन्दा धेरै दर्शकहरुले आजबाट प्रदर्शनमा आको चलचित्र शिवाय हेर्न रुचाएको निष्कर्ष निकालेको छ । आफ्ना पाठकहरुलाई कुन चलचित्र शिवाय वा ऐ दिल है मुस्किल हेर्नुहुन्छ भनेर प्रश्न गरेको थियो ।
७३.३७ प्रतिशत मानिसहरुले शिवाय चलचित्र हेर्न आतुर रहेको सर्भेले देखाएको थियो ।
त्यस्तै जम्मा ११.८३ प्रतिशत मानिसहरुले ऐ दिल है मुस्किल चलचत्र हेर्ने इच्छा व्यक्त गरेका छन् । ९.४७ प्रतिशत मानिसहरुले दुवै चलचित्र हेर्न चाहेको बताएका छन् ।
त्यस्तै ५.३३ प्रतिशत मानिसहरुले कुनै पनि चलचित्र हेर्न नचाहेको बताएकी छिन् । यस सर्वेक्षणका अनुसार शिवाय चलचित्र अगाडि रहेको देखिन्छ ।