यस अघि ‘भिषा गर्ल’ बनाएका निर्देशक प्रचण्डमान श्रेष्ठको निर्देशनमा तयार चलचित्र ‘लभ सासा’को टीजर सार्वजनिक भएको छ । रिलिज मिति फाइनल नगरिएको चलचित्र ‘लभ सासा’ को टीजरमा नायक कर्मा र नायिका केकी अधिकारीबीचको प्रेम देखाइएको छ । चलचित्रमा कर्मा र केकीको अलवा शिभानी चालीसे, रेश्मी भट्ट, विकास जोशी लगायतका कलाकारहरु पनि मुख्य भुमिका रहेको छ । तीनवर्षपछि निर्देशक प्रचण्डमान श्रेष्ठ कमब्याक भएका हुन् । श्रेष्ठका अनुसार ‘फिल्मले बिहे निधो भैसकेकी युवती र ट्रयाजेडी परेका युवक बीचको कथा चलचित्र लभ सासाले पेश गर्छ । चलचित्रलाई माधव वाग्लेले निर्माण गरेका हुन् ।