मोडल अर्शी खानले पुने पुलिसमाथि गम्भीर आरोप लगाएकी छन् । एक अन्तर्वार्तामा अर्शीले पुणे क्राइम शाखाले आफूसँग १५ लाख र शारिरीक सम्बन्ध राख्न डिमाण्ड गरेको बताएकी छन् ।
सेक्स ¥याकेटका फसेर पक्राउ परेकी उनले आफूले ती दुवै मागहरु अस्वीकार गरेपछि पुलिस अधिकारीले बलात्कार गराउने र झुटो केसमा फसाउने धम्की दिएको बताइन् ।
बिहीबार साँझ पुणे पुलिसले यस विषयमा आफ्नो सफाइ दिएको छ । अर्शीले पुणे पुलिसका विरुद्ध सोसल मिडियामा कयौं पोष्टहरु गरेकी छिन् ।
अर्शीले एक वेवसाइटसँग कुरा गर्दै सेक्स स्क्यान्डल आफूलाई फसाउनका लागि रचिएको दाबी गरेकी छिन् । ‘पुणेको जुन होटलबाट मलाई हिरासतमा लिइएको थियो, त्यहाँ म आफ्नो नीजि कामका लागि गएकी थिए । म लाउन्जमा बसेर फोनमा गफ गरिरहेकी थिए, त्यही बेला त्यहाँ केही मानिसहरु आएर बसे । मैले उनीहरुको कुरामा ध्यान दिइन ।’
उनले अगाडि भनेकी छिन्, ‘केही बेरपछि पुलिस आइपुग्यो, ती मानिसहरुसँगै मलाई पनि हिरासतमा लियो ।’ उनले थानामा पुणे पुलिसले आफूलाई १५ लाख रुपैयाँ मागेर धम्क्याएको समेत बताएकी छिन् ।