बलिउडका ‘सुल्तान’ सलमान खानसँग धेरै अभिनेत्रीहरु काम गर्न आतुर छन् । उनको बलिउडमा डिमाण्ड बढेसँगै हरेक अभिनेत्री आफ्नो करिअरलाई बलियो बनाउन पनि सलमानसँग काम गर्न उत्साही देखिएका हुन् । तर, समय हालकोजस्तो पहिला थिएन ।
कुनै समय यस्तो पनि थियो, सलमान खान अभिनेत्रीहरुको पहिलो रोजाइ थिएनन् । उनी एकपटक फिल्ममा काम गरिसकेका केही अभिनेत्रीहरुले अर्को फिल्ममा भने काम गर्न रुचाएनन् । ती अभिनेत्रीहरु को–को होलान् त ?
१. उर्मिला मातोडकर
फिल्म ‘जानम सम्झा करो’ पछि सलमान खान र उर्मिला त्यसपछि अरु फिल्ममा देखिएनन् । फिल्ममा राम्रो गीतहरु भएपनि फिल्मले कुनै कमाल भने गर्न सकेन । बक्स अफिसमा फिल्म फ्लप भयो भने त्यस फिल्म पश्चात उर्मिलाले सलमानसँग काम गर्न इच्छा देखाइनन् ।
२. सोनाली बेन्द्रे
सोनाली बेन्द्र र सलमान खानले फिल्म ‘हम साथ साथ है’ काम गरेका थिए । यो जोडीले दर्शकहरुको मन पनि जित्न सफल भएको थियो । यसपछि उनीहरुद्धारा अभिनीत फिल्म ‘चल मेरे भाइ’ र ‘ढाइ अक्षर प्रेम’ आएको थियो । तर, फिल्ममा सोनालीको प्रमुख भुमिका भने थिएन ।
सलमान खानलाई यही फिल्ममा काम गरिरहेको बेला कालो हरिण मारेको मुद्धा लागेको थियो ।
३. टिवइकल खन्ना
सन् १९९८ मा आएको फिल्म ‘जब प्यार किसी से होता है’ यो जोडी प्रमुख भुमिकामा देखियो । फिल्मले बक्स अफिसमा पनि राम्रै कमाइ गर्यो । तर यो फिल्म पश्चात यो जोडीले अर्को फिल्ममा काम गरेनन् ।
४. जुही चावला
फिल्म ‘दिवाना मस्ताना’ मा यो जोडी प्रमुख भुमिकामा देखियो । अन्य चार फिल्ममा पनि उनीहरु देखिए । तर उनीहरुको केमिस्ट्री भने ति फिल्महरुमा थिएनन् । उनीहरुको जोडीलाई फ्यानहरुले मन पराए पनि उनीहरुको प्रमुख क्रेमिस्ट्री भएको फिल्म भने त्यसपछि आएन ।
५. अमिषा पटेल
फिल्म ‘ऐ हे जल्वा’ मा लव केमिस्ट्रीमा देखिएको यो जोडीले कुनै कमाल देखाउन सकेन । बक्सअफिसमा फिल्म फ्लप भयो । यस फिल्म पश्चात यो जोडी फेरि देखिएन ।