बलिउड बक्स अफिसमा ‘ए दिल है मुश्किल’ अगाडि देखा परेको छ। धेरैले प्रतीक्षा गरेको बलिउड बक्स अफिसको पहिलो दिनको विजनेश सार्वजनिक भएको छ। जसमा करन जोहरको ‘ए दिल है मुश्किल’ अगाडि देखिएको हो। बलिउडका ट्रेड एनलिस्ट तरण आदर्शले ट्विट गर्दै फिल्मले १३ करोड ३० लाख कलेक्ट गरेको जनाए। ‘ए दिल है मुश्किल’मा रणवीर कपुर, अनुस्का शर्मा र ऐश्वर्य रायको प्रेम र मित्रतामा देखाइएको छ ।
एकै दिन रिलिज भएको अर्का स्टार अजय देवगानको ‘शिवाय’ पनि बक्स अफिस कलेक्सनमा पार्टनरकै रुपमा देखिएको छ। भारतका ४ हजार २ सय स्क्रिनमध्ये दुई फिल्मका लागि आधा आधा बाढिएका थिए। ‘ए दिल है मुश्किल’ ले लिड गरे पनि ‘शिवाय’ले पछ्याउन सक्ने अवस्था कायम नै छ। मल्टिप्लेक्समा ए दिल है मुश्किलले लिड गरे पनि सिंगल स्क्रिनले शिवायलाई साथ दिएको छ। शिवायको पहिलो दिनको कमाई १० करोड २४ लाख रुपैयाँ छ ।