यस बर्ष प्रदर्शनमा आएको अनमोल केसी स्टारर चलचित्र ‘गाजलु’ मा मुख्य भुमिका निर्वाहा गरेकी पूर्व मिस नेपाल श्रृष्टि श्रेष्ठले अभिनय गरेको सर्ट मुभी ‘भाई टीका’ सार्वजनिक भएको छ । १२ मिनेटको उक्त सर्ट मुभीमा दाजु–बहिनी, दिदी–भाइबिचको बाल्यकालको सम्बन्ध कस्तो हुन्छ र उनीहरुले ठूलो भएपछि कस्तो सोच्छन् भनी देखाउन खोजिएको छ ।
चौधरी ग्रुपको ब्यानरमा बनेको यो पहिलो फिल्ममा बसन्त चौधरीको कन्सेप्ट रहेको छ, जसमा श्रृष्टि श्रेष्ठ, आसुतोष बस्न्यात, दिक्षान्त शर्मा र जेनस बन्जाराले अभिनय गरेका छन् । यो सर्ट मुभिमा श्रृष्टिले एक विवाहित महिलाको भुमिका निर्वाहा गरेकी छिन् ।