साउथ इन्डियन अभिनेतालाई एक्सन स्टारका रूपमा चिनिने गरिन्छ । साउथका फिल्ममा एक्सनलाई बढी प्राथमिकता दिइने भएकाले एक्सन हिरोको पारिश्रमिक र कमाइ पनि निकै उच्च छ । फिल्म खेलेरै हजारौँ करोडका मालिक भएका स्टार थुप्रै छन् । ति मध्येका एक हुन् अलु अर्जुन । अलु अर्जुन साउथ इण्डियन सिनेमाका पपुलर एक्टर मध्ये एक हुन् ।
ताजा मीडिया रिपोर्ट्सका अनुसार, अलु एक फिल्मको लागि १३ देखी १५ करोडसम्म पारिश्रमिक लिने गर्छन । योसँगै उनी आफ्नो लेविश लाइफ स्टाइललाई लिएर पनि परिचित छन् ।
यो कुरा कमै मात्रलाई थाहा छ कि उनको घर हैदराबादमा छ । जसमो मुल्य सय करोडभन्दा माथी रहेको भारतीय मिडियाहरु बताउँछन् । अलुको यो घर इन्टीरियर डिजाइनर आमिर र हमीदाले तयार पारेका हुन् ।