कुनै समय पोर्न इन्डस्ट्रीमा चर्चा कमाएकी अभिनेत्री सन्नी लियोनको अश्लिल हर्कतका कारण पति डेनियल यतिखेर रिसाएका छन् । डेनियललाई सन्नी लियोन अरुसँग इन्टिमेट भएको कत्ति पनि मनपर्दैन । यस कुराको खुलासा तब भयो जब डेनियलले फिल्म ‘बेइमान लब’ का निर्मातालाई फिल्ममा रहेका बेडरुमका सिनहरु हटाउन दबाब दिए ।
डेनियलले फिल्ममा के के गर्ने भनेर पुर्ण रुपमा एउटा लिष्ट नै फिल्म युनिटलाई दिएका थिए । राजीव चौधरीले भनेका छन्,‘मैले फिल्मका दुई बेडरुमका सिनहरु काटिदिए । डेनियलले सन्नीले उक्त दृृश्यहरु सुट नगर्ने बताएका थिए । किचनमा उक्त सिन भने गर्न सकिने उनले बताएका थिए ।’
फिल्म मस्तीजादे पश्चात भने स्किन सो नगर्ने निर्णय लिएकी सन्नी लियोनले फिल्म बेइमान लबको सुटिङ सकिएपछि भने डेनियल रिसाएका थिए ।
निर्माता राजीवले फिल्ममा ज्यादा एक्सपोजर खाले बेडसिन नभएपनि आफुलाई सिन काट्न बाध्य पारेपछि आफुले सिन काट्ने निर्णय लिएको बताएका थिए ।