अभिनेत्री काजल अग्रवालले भनेकी छिन् कि फिल्म ‘बाहुबली ३’ यदी बन्यो भने र निर्देशक एस एस राजामौली उनलाई अभिनय गर्ने अवसर दिए सबै छोडेर काम गर्न तयार रहेको बताएकी छिन् ।
उनले ‘पन्ड्स’ द्वारा आयोजित एक कार्यक्रममा भनिन्, ‘‘म ‘बाहुबली ३’ मा अभिनय गर्नका लागी सबै कुरा छोड्न तयार छु । त्यो मेरो पहिलो प्राथमिकता हुनेछ ।’’ काजलले भनेकी छिन् कि उनलाई यो कुराको अपसोच छैन कि ‘‘बाहुबली’’ मा अभिनय गर्न पाइनन् तर उनी उक्त फिल्मलाई लिएर गर्व लागेको छ कि फिल्म अन्तरराष्ट्रीय स्तरको थियो ।
उनले एक प्रश्नको जबाफ दिँदै भनिन्, “बाहुबली’ जस्तो फिल्म निकै महँगो हुन्छ र उद्योग यसको वहन गर्न सक्दैन तर राजामौलीबाट म निकै प्रभावित छु किनकी उहाँले यस्तो फिल्म बनाउनु भयो कि जसको अन्तरराष्ट्रीय स्तरमा पनि खुबै तारिफ मिलेको थियो ।”