दबंग गर्ल सोनाक्षी सिन्हा एकपटक फेरी आफ्नो ब्वाइफ्रेण्डसँग देखिएकी छिन् । सोनाक्षी हालै एक सव–अर्बान क्षेत्रमा रहेको एक रेष्टुरेन्टमा उनीहरुलाई देखिएको हो । सोनाक्षीले कालो रंगको कपडा लगाएकी थिइन् ।
कालो कपडामा सुन्दर देखिएकी उनले जब क्यामरा देखिन् तब उनी रेष्टुरेन्टबाट हिडेकी थिइन् ।
सोनाक्षी र बन्टीलाई एउटा नाइट क्लबबाहिर क्वालिटी टाइम बिताउदै गरेको देखिएको थियो । उनीहरु केही दुरीमा रहेर कुरा गरिरहेका थिए । हिड्ने बेलामा उनलाई बन्टी सचदेवले एउटा पार्सल दिएका थिए । दिवाली गिफ्ट दिएपछि उनीहरु त्यहाँबाट हिडेका थिए । सन् २०१२ देखि उनीहरु रिलेशनमा रहेको बताइएको छ ।