सन् १९५६ फेब्रुअरी १ मा आन्ध्रप्रदेशमा जन्मेका दक्षिण भारतीय सिनेमाका कमेडियन ब्रम्हानंदमको परिवाको आर्थिक अवस्था निकै कमजोर थियो । यही कारण उनको परिवारबाट एमएसम्मको अध्ययन गर्ने उनी मात्र पहिलो सन्तान थिए । अध्ययन सकेपछि उनले एक तेलुगु लेक्चररको रुपमा कलेजमा पढाउन थाले । उनी कलेजमा प्रायः विद्यार्थीलाई मिमिक्री गरेर हँसाउथे । एकपटक उनलाई ईंटर कलेज नाटक प्रतियोगितामा बेस्ट सपोर्टिङ कलाकारको पुरस्कार मिल्यो । त्यसपछि उनको रुची नाटक तर्फ बढ्न थाल्यो ।
नाटकमा काम गर्ने क्रममा तेलुगु फिल्मका चर्चित निर्देशक जन्धयालाले उनलाई बोद्दाबाई नामको नाटकमा अभिनय गर्दै गरेको देखे । त्यही अभिनयबाट जन्धयाला प्रभावित भए र चान्ताबाई नामक फिल्ममा ब्रम्हानंदमलाई सानो भूमिका दिए । यही फिल्मबाट १९८५ मा ब्रम्हानंदमको सिने करिअर सुरु भयो । अहिले उनी एक सिनेमामा काम गरेबापत एक करोड पारिश्रमिक लिन्छन् ।
उनी भन्छन्, ‘मलाई लाग्छ सबै अभिनेताहरुले मैले जस्तै कडा मेहनत गर्छन् । तर मानिसहरु अझै पनि मलाई देखेर थाकेका छैनन् । यही कारण भगवानले मलाई, मात्र अरुलाई हँसाउनको लागि यस धर्तिमा पठाएको जस्तो लाग्छ ।’