सैफ अली खान र अमृता सिंहकी छोरी सारा अली खानले रणवीर सिंहसँग रोमान्स गर्ने भएकी छिन् ।
मुम्बई मिररको रिर्पोटका अनुसार उनको डेब्यु फिल्मको निर्देशन जोया अख्तरले गर्ने भएकी छिन् । यसभन्दा अघि रणवीरलाई लिएर उनले ‘दिल धडक्ने दो’ फिल्म बनाएकी थिइन् । ‘गुल्ली ब्बाँयज’ नाम गरेको फिल्म मुम्बइको एक ठाउँमा बस्दै आइरहेका दुई रियल लाइफ र्यापर्सको कथामा बन्न लागेको हो ।
रिर्पोटका अनुसार ‘गुल्ली ब्बाँयजमा एक र्यापरको रोलमा रणवीर देखिनेछन् । अर्को अभिनेताको भने खोजी कार्य जारी रहेको छ । २२ वर्षीय साराले यसै साल ग्रयाजुएशन सकाएकी छिन् । यस अघि करन जोहरको फिल्म स्टुटेण्ड अफ दि एयर फिल्ममा उनले डेब्यु गर्ने बताइएको थियो । तर, आमा अमृताले यस कुराको खण्डन गरेकी थिइन् ।