एन्जेलिना जोली र ब्राड पिट केही दिन अगाडी मात्र आपसी सहमतिबाट अलग भएका छन् । अब उनले आफ्नो ६ बच्चाको कस्टडीलाइ लिएर सम्झौता गरेका छन् । सुत्रका अनुसार, ६ बच्चा एन्जेलिना जोलीसँग रहनेछन् । मात्र मेडिकल कन्डीशन्समा ब्राड पिट आफ्ना बच्चाहरुसँग मिल्न पाउनेछन् ।
एक म्याग्जीनका अनुसार जोली र पिटका सबै ६ बच्चाको कस्टडी उनकी आमा एन्जेलिना जोलीलाई दिइएको छ । जोलीका प्रवक्ताले भने -‘एक हप्ता अगाडी हामीले र बच्चाको स्यारसुसार गर्न लागी एक कानुनी सम्झौता गरेका थियौ र दुई पक्षले यसमा साइन गरेका छन् । उक्त सम्झौताका अनुसार, ६ बच्चा आफ्नी आमाको संरक्षणमा रहनेछन् । बच्चाको स्यारसुसार र बच्चाको हितका लागी उक्त फैसला लिइएको हो ।’