पाका निर्देशक तुलसी घिमिरे र नायिका निरुता सिंहको सम्बन्ध धेरै पुरानो हो । निरुतालाई नेपाली चलचित्रमा स्थापत गराउने व्यक्ति नै तुलसी घिमिरे हुन् । निरुताका पिता तुलसी घिमिरेका साथी भएका कारण उनले आफ्ना प्रत्येक चलचित्रमा निरुतालाई कहिले छुटाएनन् त्यसैले त एक ताका निरुतालाई नेपालीकी सर्वाधिक सफल र व्यस्त नायिका भनेर चिनिन्थ्यो । तर अहिले निरुता भारत बस्दै आएको लामै समय भइसकेको छ । सन् १९९३ मा निर्देशक तुलसी घिमिरेले निर्देशन गरेको चलचित्र ‘दक्षिणा’ बाट नेपाली चलचित्रमा प्रवेश गरेकी निरुता अब नेपाली चलचित्रमा फर्किने सम्भावना निकै न्यून छ । यदी कसैले निरुतालाई नेपाली चलचित्रमा फर्काउन सक्थ्यो भने ति थिए तुलसी घिमिरे तर उनको त्यो प्रयास पनि असफल भयो । उनले चलचित्र ‘दर्पण छाँया २’ बाट निरुतालाई पुन कमब्याक गराउन खोजेका थिए तर कार्यव्यस्तताका कारण निरुताले उक्त चलचित्रमा काम गरिनन् । त्यसपछि तुलसी घिमिरे र निरुता सिंहको सम्बन्ध विग्रिएको हल्ला पनि चलेको थयो । तर हालै ‘चौथो इनास नेपाली फिल्म अवार्ड’ मा सहभागी हुन भारतको सिक्किम पुगेकी निरुता सिंह र निर्देशक तुलसी घिमिरेले अंकमाल गर्दै एकअर्का प्रति माया देखाएका छन् । उनीहरुको अंकमालबाट यो कुराको पुष्टि हुन्छ कि जसरी मिडियाहरुमा सम्बन्ध विग्रिएको खबर आएको थियो त्यो हल्ला मात्रै थियो ।