बलीउडमा मिस्टर परफेक्शनिस्टको नामले चर्चित आमिर खान आफ्नो डाइटलाई लिएर निकै कन्सस रहने गर्छन । उनै हेवी खाना खानबाट बच्न चाहन्छन तर दिनभर उनी निकै पानी पिउने गर्छन । उनका अनुसार आफु सधै हँसिलो र फिट हुनुको राज धेरै पानी पिउनु हो । यदी उनको खानाको कुरा गर्ने हो भने उनी फल, ब्राउन ब्रेड र दूध धेरै खाने गर्छन । यति मात्र होइन उनी कुनै पार्टीमा र मध्य रातसम्म पनि केही खाने गर्दैनन् । ननवेजमा उनी बादशाही बिरयानी र शाही रोगन जोश मन पराउँछन् ।