मिस नेपालका विजेताहरुको सिनेमा यात्रा सुखद नदेखिएको बेला २०१२ की मिस नेपाल श्रृष्टि श्रेष्ठको आगमन भने फलिफाप रह्यो । यस बर्ष प्रदर्शनमा आएको अनमोल केसी स्टारर चलचित्र ‘गाजलु’ मा अभिनय गरेकी श्रृष्टि श्रेष्ठलाई दर्शकहरुले निकै रुचाए । पहिलो डेब्यू चलचित्र नै सफल भएपछि अहिले उनको चर्चा नेपाली सिनेवृतमा अन्य नायिकाहरुको भन्दा कम छैन ।
आर्कषक शरीर र बोल्ड आवाजले राम्रै फ्यान फलोइङ कमाएकी श्रृष्टि चाँडै ‘रोमियो एण्ड मुना’ नामक चलचित्रको छायाँकनमा व्यस्त हुँदैछन् । ‘रोमियो एण्ड मुना’ को छायाँकनमा व्यस्त हुनु अगाडी अहिले उनी देशका विभिन्न ठाउँहरुको भ्रमणमा निस्किएकी छिन् ।
नेपालका सुन्दर जिल्लाहरुको भ्रमणमा निस्किएकी श्रृष्टि मुगु पुगेकी छिन् । सामाजिक सञ्जाल फेसबुक, इंस्टाग्राम, ट्विटरमा निकै सक्रिय श्रृष्टिले विभिन्न ठाउँहरु घुम्दै गरेका तस्बिरहरु शेयर गरेकी छिन् । हालै उनले मुगुको एक रुख मुनी रमाइरहेका केही तस्बिर फेसबुकमा शेयर गरेकी छिन् । जुन तस्बिरहरुमा उनले रुखको छहारीमा स्वर्णिम आनन्दको अनुभव लिइरहेको अनुमान लगाउन सकिन्छ ।