टिभीको पपुलर शो ‘ये रिश्ता क्या कहलाता है’ मा अक्षरा उर्फ हिना खानको चाँडै विदाई हुँदैछ । आफ्नो अन्तिम एपिसोडको शूटिंगको दौरान अक्षरा इमोशनल भएकी थिएन् भने आँखाबाट आँशु पनि बगेको देख्न सकिन्थ्यो । अक्षराको अन्तिम एपिसोडमा उनको रील बर्थडे छ, जसमा उनी सितारसँग भजन गाउँदै गरेको देख्न सकिन्छ । अक्षरा यो टिभी शोमा गएको ८ बर्षदेखी काम गरिरहेकी छिन् ।
सीरियलको अन्तिम एपिसोडको शूटिंगमा अक्षरा भजन गाउँदै गर्दा इमोशनल भएकी थिइन् तर यो सीरियलबाट सधैका लागी विदा हुन लागेका कारण अक्षराले इमोशन कन्ट्रोल गर्न सकिनन् र गहभरी आँशु पारिन् ।