पर्दामा निकै जमेको जोडी नायक दयाहाङ राई र नायिका प्रियंका कार्की अहिले नयाँ चलचित्र ‘ह्याप्पी डेज’को छायांकनका लागी बेलायतमा छन् । बेलायतमै करिब एक करोड ७० लाख रुपैयाँ लगानीमा तयार भइरहेको ‘हयाप्पी डेज’ को सुटिङ अहिले बेलायतको क्याम्बर्ली, रेडिङ, फार्नबोरो लगायत लोकेशनमा भइरहेको छ । हालै चलचित्रको एक दृश्यका लागी नायक दयाहाङ राईले नायिका प्रियंका कार्कीलाई रातो गुलाबको फूल दिँदै प्रेम प्रस्ताव राखेका छन् । नेपाली फिल्म उच्च प्रविधि र प्राविधिक सहित बेलायतमा छायांकन हुनुले अब चलचित्र क्षेत्र अझ व्यापक हुंदै गएको भन्दै नायिका प्रियंका कार्कीले खुसी साटेकी छिन् । प्रियंकाले ७३ वटा मध्ये ६० बढी सिन आफ्नो भएकाले डिसेम्बर अन्तिमसम्म बेलायतमै व्यस्त हुने पनि बताइन् । हिउंले ढाकिएको सेताम्मे लोकेसनमा ‘सुट’ गर्ने उनको सपना छ ।
यस चलचित्रको छायांकनकै लागि छायांकार रामकुमार केसी,
प्रमुख सहायक निर्देशक गिरीराज घिमिरे, सम्पादक अर्जुन जिसी, द्वन्द्व निर्देशक सकुमार बस्नेत, कलाकार सन्जय गुप्ता, सहायक निर्देशक एवं फोटोग्राफर करुणा गुरुङ बेलायत छन् ।
वीपी खनाल, विक्रम जोशी, नरेश शर्मा, डा. अशोक बन्सल, सपनकुमार राई र मिलन चाम्सले यो चलचित्रमा लगानी गरेका छन् । यो चलचित्रलाई मिलन चाम्सले निर्देशन गरिरहेका छन् ।