एक समयकी चर्चित अभिनेत्री रेजिना उप्रेतीले छोरीलाई जन्मदिएकी छिन् । आइतबार बेलुकी उनलाई पुत्रीलाभ भएको हो । रेजिनाले आइतबार सवा ७ बजे नर्भिक अस्पतालमा ३.३५ केजीको छोरीलाई जन्म दिएकी हुन् । रेजिनाले सर्जरीमार्फत छोरीलाई जन्म दिएकी उनका श्रीमान सुरज पोखरेलले जानकारी दिएका छन् । विवाहपछि नेपाली चलचित्रमा नदेखिएकी रेजिनाले आजभन्दा ३ बर्ष अगाडी सुरज पोखरेलसँग विवाह गरेकी थिइन् । विवाह गरेपछि नेपाली चलचित्रमा खासै सक्रिय नरहेकी रेजिनाले चलचित्र कलाकार संघको उपाध्यक्ष पदमा निर्वाचित भएपछि सार्वजनिक कार्यक्रममा धेरै देखिन थालेकी थिइन् । बिहे पश्चात नायिकाहरु गपचुप भइरहेको अबस्थामा रेजिना भने केही सार्वजनिक कार्यक्रममा देखिरहेकी हुन्छिन् । तर बिहेपछि भने रेजिनाको फिल्मी करियर चौपट भएको छ ।