कपिल शर्मा आफ्नो पहिलो फिल्म ‘किस-किस को प्यार करूं’को सफलतापछि एक अर्को बलीउड चलचित्रमा देखिदैछन् । फिल्मको नाम ‘फिरंग’ राखिएको छ र फिल्म पीरियड कमेडी हुनेछ ।
कपिल ‘फिरंग’ मा एक होइन् दुई नायिकासँग एकसाथ रोमान्स गर्नेछन् । खबरका अनुसार, तनुश्री दत्ताकी बहिनी इशिता दत्ता र तमन्ना भाटियाले चलचित्रमा मुख्य भुमिका निर्वाहा गर्नेछन् । तर तमन्ना साउथमा निकै व्यस्त भएपनि उनले बलीउड चलचित्र हमशक्लस, इन्टरटेन्मेन्ट, तूतक तूतक तूतिया र हिम्मतवालामा काम गरिसकेकी छिन् । योसँगै तमन्ना आफ्नो चलचित्रको प्रमोशन गर्न धेरै पटक कपिलको शोमा पनि सहभागीता जनाइसकेकी छिन् । यसैले पनि कपिल र तमन्ना एकअर्कासँग कन्फर्टेबल महशुस गर्छन । त्यस्तै इशिता दत्ताले ‘दृश्यम’ मा अजय देवगनकी छोरीको भुमिका निर्वाहा गरेकी थिइन् ।