नायिका प्रियंका कार्कीको यसअघि विवाह भइसकेको सबैलाई थाहा छ । २०१० देखी २०१३ सम्म नायिका प्रियंका कार्कीले रोचक मौनालीसँग बैबाहिक सम्बन्ध विताएकी थिइन तर २०१३ मा भने उनीहरुले डिभोर्स गरे । अहिले नायिका प्रियंका कार्की सिंगल छिन् । आफु सिंगल भएको कुरा नायिका कार्की बताउँछिन् तर उनका फेसबुक स्टाटसले भने उनी कसैसँग गहिरो प्रेममा रहेको बुझाउँछ । ‘थ्री लोभर्स’ बाट फिल्मी क्षेत्रमा कदम राखेकी प्रियंका कार्की हाल सफल नायिकाहरूमा गनिनछिन् । २९ बर्षकी नायिका प्रियंका कार्की अभिनित चलचित्रहरु सफल भइरहेका कारण पनि अहिले उनको व्यस्तता नेपालका अन्य नायिकाहरुको भन्दा बढी नै छ । हाल बेलायतमा नायक दयाहाङ राईसँग ‘ह्याप्पी डेज’ को छायांकनमा व्यस्त नायिका प्रियंका कार्कीको फेसबुक स्टाटस हेर्नु भएको छ भने यो कुराको अनुमान तपाई पनि लगाउनु हुन्छ कि उनी कुनै यूवकसँगको गहिरो प्रेममा छिन् । उनका फेसबुक स्टाटसहरु केही दिनदेखी निकै प्रेमिल हुन थालेका छन् ।
यि हुन् केही दिन देखी प्रियंकाले फेसबुकमा लेखेका प्रेमिल स्टाटसहरु :-
प्रियंका कहिले आफ्नो तस्बिरमा प्रेमिल स्टाटस कोरिरहेकी हुन्छिन् त कहिले विना तस्बिर नै । उनका यस्ता स्टाटसहरुमा प्रशंसकहरुले पनि प्रियंकालाई प्राय एउटै प्रश्न सोधेका छन् । धेरैको एउटै प्रश्न छ कि ‘तपाईको मन कसले चोर्यो ?’ उनले यस्ता प्रश्नहरुमा आफ्ना प्रशंसकहरुलाई जबाफ भने दिएकी छैनन् ।
:गसिप )