भारतीय टिभी सिरियलमा अभिनय गरेर अमेरिका पुगेकी नायिका उषा पौडेल र नायक सुधांशु जोशीले विहिबार लगन गाँठो कसेका छन् । केही दिनदेखी विवाहको हल्ला चलेपनि यो जोडीले त्यसलाई नकार्दै आइरहेका थिए तर अन्तत उनीहरुले बजारमा चलेका हल्लाहरुलाई सत्य सावित बनाएका छन् । उषा र सुधांशुले अमेरिकाको बाल्टिमोरमा हिन्दू परम्परा अनुसार लगन गाँठो कसेका हुन् । उषा सुधांशु जोशीकी दोस्रो श्रीमती बनेकी छिन् । सुधांशुले पहिलेकी श्रीमतीसँग डिभोर्स गरिसकेका छन् ।
उषा र सुधांशुको विवाहमा आफन्तसँगै अमेरिकामा रहेका केही चलचित्रकर्मीहरु पनि सहभागी भएका थिए । उषा र सुधांशुबीच भेटघाटपछि प्रेम बसेको बताइएको छ । सुधांशु लामो समयदेखि अमेरिकामा बस्दैं आएका छन् । कुनै समय उनी नेपालमा राम्रै चर्चा कमाउने अभिनेताहरुमा पर्छन् ।
उषाले कर्म, मुनामदन, गोधुँली, जेठो कान्छो, राम लक्ष्मण, प्यारी बहिनी, क्रोध, पालेदाई, धमाका, रणसंग्राम, कसमलगायतका दर्जन बढी नेपाली सिनेमामा अभिनय गरेकी छिन् । उनी नेपाली रजतपटमा सबैभन्दा राम्रो नृत्य गर्ने हिरोइनका रूपमा समेत चिनिन्छिन् । मुम्बईमा रहेर खासै चर्चा बटुल्न नसकेपछि पुराना बलिउड अभिनेता राहुल रोयसँग उषा अमेरिका भासिएकी थिइन । यसअघि उनको राहुल रोयसँग अफेयर चलेको हल्लाले पनि बजार गर्माएको थियो ।